वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विवाद समाधान गर्न ८ सदस्यीय कार्यदल

 ग्लोबल टिभि           0

प्रधानमन्त्री कार्यालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी तनाव अन्न्त्यका लागि ८ सदस्यीय कार्यदल तथा जाँचबुझ समिति गठन गरेको छ ।

प्रधानमन्त्री कार्यालयले मन्त्रीपरिषद्, संवैधानिक निकाय र आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

प्रतिष्ठान शुद्धिकरण अभियानअन्तर्गत संयक्त संघर्ष समितिले सरकारलाई गत बुधबार ४८ घण्टे अल्टिमेटम दिएको थियो । प्रतिष्ठानका आन्दोलनरत चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले प्रतिष्ठानमा राजनीतिक नियुक्ति लिएर आउने पदाधिकारीले व्यापक आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।

प्रतिष्ठानमा ७ अर्ब रुपैयाँ सञ्चित घाटा र १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएका र दिनदिनै धराशायी बनेको भन्दै उनीहरू एक महिनादेखि आन्दोलनरत छन् । संयुक्त संघर्ष समितिले चार पदाधिकारीलाई बर्खास्त गरेर यसअघि विज्ञहरुको समितिले बुझाएको प्रतिवेदनको आधारमा योग्य दक्ष वैज्ञानिक प्राविधिक व्यक्तिहरुलाई पदाधिकारी नियुक्त गर्न माग गर्दै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *