ग्लोबल टिभि
0
नेपाली कांग्रेसभित्रको क्रियाशील सदस्यताको विवाद सुल्झाउन नेताद्वय डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजाललाई सहजीकरणको जिम्मेवारी दिइएको छ।
शुक्रबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले विवाद समाधान गर्न डा. महत र डा रिजालको सहजीकरणमा निर्वाचन समितिलाई काम अघि बढाउने निर्णय गरेको हो । त्यसैगरी यस अघिको कार्यतालिका अनुसार वडा अधिवेशन श्रावण १२ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर, पार्टीभित्रको क्रियाशील सदस्यताको विवाद अझै नसुल्झिएकोले वडा अधिवेशनको कार्यतालिका पनि करिब १० दिन पर सर्ने निर्वाचन समितिले बताएको छ।
कांग्रेसमा कियाशील सदस्यतासहित एकतामा जोडिएका सदस्यहरुको पनि समस्या अझै हल भएको छैन । दुबै समस्या हल गर्ने गरी निर्वाचन समितिले काम शनिबारदेखि शुरु गर्ने भएको छ।
Post Views: 2,111
Leave a Reply