काठमाडौँ : नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार साँझ सम्पन्न पदाधिकारी बैठकले निर्धारित कार्यतालिका अनुसार महाधिवेशन सम्पन्न गर्ने निष्कर्ष निकालेको हो । महाधिवेशनको मिति आगामी भदौ १६–१९ का लागि तोकिएको छ भने साउन १२ गतेदेखि वडा अधिवेशन गर्ने भनिएको छ ।
बैठकले संविधानतः, पार्टी विधान र नियमावलीसँग मिल्ने गरेर निर्देशिका संशोधन गर्ने निर्णय समेत गरेको छ । केन्द्रीयसदस्य रमेश लेखकले ७५ जिल्लाको क्रियाशील विवाद टुंगिएको जानकारी दिए । बारा र सप्तरीको विवाद पनि टुंगिने क्रममा रहेको उनको दाबी छ ।
आइतबारसम्म क्रियाशील सदस्यताको प्रतिवेदन सभापति देउवालाई छानविन समितिको तयारी छ । आजको बैठकमा मन्त्रिमण्डल विस्तार, विश्वासको मतका सन्दर्भमा सामन्य छलफल भएको काँग्रेसले जनाएको छ ।
Leave a Reply