एमालेको दोस्रो तहका नेताहरु फेरि छलफलमा

 ग्लोबल टिभि      शनिबार, साउन २, २०७८      0

नेकपा एमालेको दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन् । विघटित एकता कार्यदलका सदस्यहरु सिंहदरबारमा छलफल गरिहेका छन् ।

एमाले स्थायी कमिटीको शुक्रबारको बैठकले दश सदस्यीय कार्यदलले जुटाएको १० बुँदे सम्झौता अनुमोदन गर्दै वार्ता टोली विघटन गरेको थियो । विघटित वार्ता टोलीका नेताहरु अनौपचारिक वार्तामा जुटेका हुन् ।

एमाले संसदीय दलको कार्यालयमा जम्मा भएका नेताहरुबीच पार्टी र संसदीय दलको बैठक माधव नेपाल पक्षसहित बस्ने उपायको बारेमा कुराकानी भइरहेको बताइएको छ ।

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ भने माधव नेपालले विश्वासको मत दिएर संसद जोगाउने बताउँदै आएका छन् ।
विश्वासको मतको सन्दर्भमा संस्थागत निर्णयबिना देउवालाई साथ दिन नहुने धारणा वार्ता टोलीमा रहेका माधव पक्षकै नेताहरुको पनि छ । एकताको लागि दबाब दिन पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरु समेत छलफलमा थपिएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *