ग्लोबल टिभि
शनिबार, साउन २, २०७८
0
सत्तारूढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसको संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो।
प्रधानमन्त्री देउवाले आइतबारका लागि दलको बैठक बोलाएको सांसद डा. डिला संग्रौलाले जानकारी दिइन। उनका अनुसार बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै समसामयिक विषयमा छलफल हुनेछ।
बैठक आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवनमा बस्ने बताइएको छ ।
Post Views: 1,063
Leave a Reply