ओली – ठाकुर भेटवार्ता

 ग्लोबल टिभि      शनिबार, साउन २, २०७८      0

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका नेताहरुबीच भेटवार्ता भएको छ ।

निवर्तमान प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न जसपा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा शनिबार बिहान बालकोट पुगेका थिए । प्रधानमन्त्रीबाट हटेपछि शिष्टाचार भेटका लागि बालकोट गएको जसपा ठाकुर समूहका नेता भण्डारीले बताए ।

भोलि आइतबारदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाइएको छ । संसद अधिवेशन चलेका बेला कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा भने खासै छलफल नभएको नेताहरुले बताएका छन् ।

जसपामा चर्को अन्तरविरोध रहेका बेला ठाकुर पक्षका नेताहरुले तत्कालीन प्रधानमन्त्री ओलीलाई साथ दिएका थिए । ओलीले पनि ठाकुर पक्षका नेताहरुलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा सामेल गराएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *