क्रियाशील सदस्यता विवाद चाँडै टुंगिन्छ : प्रदीप पौडेल

 ग्लोबल टिभि      शनिबार, साउन २, २०७८      0

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पर्टीमा क्रियाशील सदस्यको छानबिन अन्तिम चरणमा पुगेको बताएका छन् ।७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानबिन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको नेता पौडेलले बताए ।

अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानबिन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई बुझाउने निर्णय भएको उनले बताए । नेता पौडेलले कार्यतालिकामा केही फेरबदल हुन सक्ने बताउँदै अब महाधिवेशनको प्रावधिक पाटो मात्रै बाँकी रहेको बताए ।

क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने नेता पौडेलले बताए । क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेकोे उनको दाबी छ । बाँकी रहेका विवादलाई मापदण्ड पूरा गरेर टुंगो लगाइने पनि नेता पौडेलेको भनाइ छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *