माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

 ग्लोबल टिभि      शनिबार, साउन २, २०७८      0

नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ ।आइतबार बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको बैठक बोलाइएको प्रमुख सचेतक देव गुरूङले बताए ।

माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरूको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक आइतबार अपराह्न ४ बजे नयाँ बानेश्वरमा बस्दै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *