विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता

 ग्लोबल टिभि      आइतवार, साउन ३, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव दर्ता गराएको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् ।

यसैविच देउवाले आज (आइतबार) विश्वासको मत लिनुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका संसदीय दलका बैठक बस्दै छन्। देउवा आफ्नो पार्टी कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र एमाले माधवकुमार नेपाल पक्षका सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।

त्यसअघि तीनै पार्टीले आफ्ना संसदीय दलका बैठक राख्ने भएका हुन्। माओवादी केन्द्रले अहिले बिहान ११ बजे, जसपाले दिउँसो १ बजे र कांग्रेसले दिउँसो २ बजे संसदीय दलका बैठक राख्दै छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *