प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौः रामकुमारी झाक्री

 ग्लोबल टिभि      आइतवार, साउन ३, २०७८      0
Interview with Ram Kumari Jhakri, federal lawmaker of Nepal Communist Party (NCP) and a member of the Finance Committee of the Federal Parliament, in Kathmandu, on Friday, April 19, 2019. Photo: Naresh Shrestha/THT

नेकपा एमाले सांसद रामकुमारी झक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन आव्हान गरेकी छन् । सामाजिक सञ्जाल मार्फत देउवालाई विश्वासको मतदिन आव्हान गरेकी उनले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतको ढोका ढकढक्याएको बताउँदैे संसदलाई जिवित राख्नपनि प्रधानमन्त्रीलाई मत दिनुपर्ने कर्तव्य रहेको बताएकी छन् ।

उनले भनेकी छन्,’हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ। १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ। अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो। सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं। यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *