ग्लोवल टि.भी.
आइतवार, साउन ३, २०७८
0
पूर्व-प्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन अपिल गरेका छन् । एक वक्तव्य जारी गर्दै खनालले आफ्नो मत पनि देउवा सरकारकै पक्षमा हुने स्पष्ट पारेका हुन् ।
‘यो सरकार संविधानको धारा ७६ को ५ बमोजिम बनेको र यसले ३० दिनभित्रमा विश्वासको मत प्राप्त गर्नुपर्छ । अन्यथा मुलुकको स्थिति फेरी संकटग्रस्त हुनेछ ।
त्यसैले म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनैपनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु,’ खनालले वक्तव्यमा भनेका छन्, ‘मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्य मार्फत प्रष्ट पार्न चाहन्छु ।’
वक्तव्य:
Post Views: 1,132
Leave a Reply