ग्लोबल टिभि
0
नेकपा एमालेका सांसद् भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।
माधव नेपाल पक्षबाट पार्टी विवाद समाधान गर्न गठन गरिएको कार्यदलका संयोजकसमेत रहेका रावल काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णयबाट असन्तुष्ट रहेका कारण संसद पदबाट राजीनामा दिएका हुन् ।
संघीय संसद भवनमा पुगेर रावलले सभामुख अग्नि सापकोटालाई राजीनामा बुझाएका हुन् । रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।
आइतबार बिहान कार्यदलका सदस्यहरुले विश्वासको मत दिनेबारे पार्टीबाट संस्थागत निर्णय गराउन गरेको प्रस्ताव नेता नेपालले अस्वीकार गरेका थिए ।
रावल यसबाट असन्तुष्ट रहेको बताइएको छ । माधव पक्षका अन्य सांसदहरुले भने प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने तयारी गरेका छन् । देउवाले आजै विश्वासको मत लिँदैछन् ।
Post Views: 2,090
Leave a Reply