महन्थलाई देउवा पत्र: विश्वासको मत दिनुस्

 ग्लोवल टि.भी.      आइतवार, साउन ३, २०७८      0

प्रधानमन्त्री शेर बहादुर देउवाले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरलाई विश्वासको मतको पक्षमा मतदान गर्दै पत्र पठाएका छन् ।

प्रधानमन्त्री देउवाले पत्रमा लेखेका छन्, प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले सो प्रस्तावमा यहाँ र यहाँ सम्बद्ध माननीय सदस्यहरूको तर्फबाट गर्न गराई दिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

अध्यक्ष ठाकुर पक्षको हिजो बसेको संसदीय दलको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो । यसअघि महन्थ ठाकुरको पक्षमा रहेको २० सांसदमध्ये अब १२ जना मात्र बाँकी रहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *