मन्त्री कार्कीद्धारा सपथ र रेलवेसम्बन्धी अध्यादेश प्रस्तुत

 ग्लोबल टिभि      आइतवार, साउन ३, २०७८      0

कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ सम्बन्धी अध्यादेश २०७८ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभामा मन्त्री कार्कीले सरकारका तर्फबाट उक्त अध्यादेश प्रस्तुत गरेका हुन् ।

मन्त्री कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश समेत प्रस्तुत गरेका छन् । त्यसक्रममा उनले रेलवे सम्बन्धी कानुन अभावले सञ्चालनको तयारीमा रहेको रेल सेवा सञ्चालन गर्न समस्या भएकोले अध्यादेश ल्याउनुपरेको बताएका छन् ।

त्यस्तै मन्त्री कार्कीले अर्को अध्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश प्रस्तुत गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *