ग्लोबल टिभि
सोमवार, साउन ४, २०७८
0
क्रियाशील सदस्यता विवाद र मन्त्रीको रुपमा सरकारमा पठाउने नेताहरुको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संस्थापन इतरका नेताहरुको बैठक बसिरहेको छ ।
महामन्त्री शशांक कोइरालाको निवासमा जारी बैठकमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, अर्जुन नरसिंह, शेखर कोइराला, प्रदीप पौडेल लगायतका नेताहरु सहभागी छन् ।
कांग्रेसको क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै तीन वटा समूह पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् । यही विवादका बीच आगामी भदौमा १४ औं महाधिवेशन गराउनुपर्ने चुनौती कांग्रेस नेताहरुलाई छ ।
आसन्न महाधिवेशनमा आफ्नो पक्षमा माहोल बन्ने गरी मन्त्री पद बाँडफाँट गर्नुपर्ने दबाव नेताहरुलाई छ ।
Post Views: 1,084
Leave a Reply