बालकोटमा ओली र चन्दबीच भेटवार्ता

 ग्लोबल टिभि           0

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटवार्ता गरेका छन् । ओलीनिवास बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा समसामयिक विषयमा छलफल भएको चन्द निकट स्रोतले जनाएको छ । चन्द ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आएयता शीर्ष नेताहरुसँगको राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

यसअघि चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधव नेपाल, जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *