साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्न देउवा–प्रचण्ड सहमत

 ग्लोबल टिभि      मङ्लबार, साउन ५, २०७८      0

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ । त्यस्तै उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ ।

मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो ।

उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *