ग्लोबल टिभि
0
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेका छन् । बुधबार विहान १२ बजे प्रधानमन्त्री देउवालाई भेट्न सरकारी निवास बालुवाटार ठाकुर पुगेका हुन् ।
विश्वासको मत प्राप्त गरेकोमा बधाई दिन र आफ्ना मागको सम्बोधनमा ध्यानाकर्षण गराउन बालुवाटार गएको महन्थ निकट एक नेताले बताए ।
मंगलबार ठाकुरले आफूहरुको माग पूरा गर्न वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिबद्धता जनाएकाले विश्वासको मत दिएको भन्दै माग चाँडो पूरा गर्न ध्यानाकर्षण गराइएको छ ।
Post Views: 1,433
Leave a Reply