कांग्रेस केन्द्रीय सदस्य अमरेशकुमार सिंहले दिए, सांसद पदबाट राजीनामा

 ग्लोवल टि.भी.      बुधबार, साउन ६, २०७८      0

नेपाली कांग्रेसभित्रको क्रियाशील सदस्यताको विवाद चर्किएपछि कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् ।

क्रियाशील सदस्यता वितरणमा व्यापक धाँधली भएको तथा वर्षौंदेखि कांग्रेसमा रहेर काम गर्दै आएका इमान्दार कार्यकर्तालार्य पाखा लगाइएको भन्दै आफूले सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएको सिंहले बताए ।

पार्टी अहिले दलाल, भूमाफिया, तस्कर, ठेकेदारहरुको हातमा पुग्न थालेको र इमान्दार कार्यकर्तालाई पाखा लगाउन थालेकाले यही सन्देश लिएर आफू देश दौडाहामा जाने पनि उनले बताए । सिंह सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट २०७४को निर्वाचनमा निर्वाचित भएका थिए ।

पार्टी कार्यालयमा सानेपामा केही दिनयता सर्लाही, धनुषा, बारालगायत जिल्लाका नेता तथा कार्यकर्ता अनशनमा छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *