माओवादी केन्द्रले साउन २० मा केन्द्रीय समिति बैठक बोलायो

 ग्लोबल टिभि      बुधबार, साउन ६, २०७८      0

नेकपा (माओवादी केन्द्र) ले साउन २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।बुधबार बसेको उक्त पार्टीको स्थायी समितिको बैठकले साउन २० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि साउन १७ गते स्थायी समितिको बैठक पनि बोलाइएको छ ।

माओवादीको बैठकले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आग्रह गरेको छ । बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि नेता श्रेष्ठले बताए ।

छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम कार्यक्रम र प्रतिवद्धता तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको नेता श्रेष्ठले बताए ।

माओवादी केन्द्रले साउन ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा देशभर कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *