आज पनि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मति प्रतिष्ठानको सभाकक्षमा आज अपराह्न ३ बजे केन्द्रीय कमिटी बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । साउन ४ गतेदेखि निरन्तर एमाले केन्द्रीय कमिटी बैठक बस्दै आइरहेकोे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन २२ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेको छ । उनीहरुलाई बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
आजको बैठकमा त्यससम्बन्धी निर्णय हुनेसक्ने जनाइएको छ । उनीहरुलाई कारबाही गर्न सकिने एमालेका एक केन्द्रीय सदस्यले बताए ।
बुधबारको बैठकले चारवटा विशेष प्रस्ताव पारित गरेको थियो। जसमा सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकालेको थियो ।
एमाले केन्द्रीय कमिटी बैठकले सर्वोच्चको फैसला संविधान र जन चाहनाविपरीत भएको निष्कर्ष निकाल्दै जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।
Leave a Reply