कांग्रेस महासमिति सदस्य एवं क्षेत्रीय सभापति कोइरालाको निधन

 ग्लोबल टिभि           0

काठमाडौं । नेपाली कांग्रेस मोरङका महासमिति सदस्य एवं क्षेत्रीय सभापति ६३ वर्षीय ईश्वरी कोइरालाको शुक्रबार निधन भएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा शुक्रबार बिहान उनको निधन भएको हो । गएको प्रदेशसभा निर्वाचननमा मोरङको निर्वाचन क्षेत्र नं। १ ‘क’का उम्मेदवार बनेका कोईरालाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

उनको निधनबाट पार्टीले एक होनाहार व्यक्तित्वलाई गुमाएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । ‘पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय कोईरालाले पुर्याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ’, पार्टीले जारी गरेको शोक वक्तव्यमा लेखिएको छ ।

साथै देउवाले शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना समेत प्रकट गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *