ग्लोवल टि.भी.
शुक्रबार, साउन ८, २०७८
0

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ ।
बैठक बिहान नौ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए
।
प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने बताएका छन्। जसअनुसार आज बिहान निजी निवास बूढानिलकण्ठमा पदाधिकारी बैठक बस्न लागेको छ। आजको बैठकको मुख्य एजेन्डा क्रियाशील सदस्यता विवाद समाधानमा केन्द्रित रहने पौडेलले बताए ।
पार्टी कार्यालय सानेपामा बारा, सप्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन्। बाराका कार्यकर्ता धर्ना बसेको १३ दिन भइसकेको छ।
Post Views: 689

Leave a Reply