बुढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । आगामी १४ औं महाधिवेशन लगायतको विषयमा छलफल गर्न बैठक बस्ने भएको हो ।

बैठक पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बिहान ९ बजे बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शुक्रबार बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिनको काम टुंगो नलागेको कारण कार्यतालिका हेरफेरबारे छलफल भएको थियो ।

बैठकमा वडाको अधिवेशन ४ दिन पछाडि धकेलेर साउन १६ गर्ने र अन्य तहको अधिवेशन तोकिएको समयमा गर्नेबारे छलफल भएको हो। यो विषयमा आज टुंगो लाग्ने बताइएको छ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *