सरकार बिस्तारलाई लिए माओवादी केन्द्रका अध्यक्ष दाहाल चिन्तामा

 ग्लोबल टिभि      शनिबार, साउन ९, २०७८      0

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना सबै सांसदले मन्त्री पद मागेपछि चिन्तामा परेका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नरबहादुर कर्माचार्यको ८ औं स्मृति सभामा प्रचण्डले सरकार बिस्तारलाई लिएर आफू चिन्तामा रहेको बताएका छन् ।

माओवादीले धेरैमा ७ जना मन्त्री पाउने भएपनि आकांक्षी धेरै देखिएकाले अप्ठेरामा परेको उनको भनाई । सर्वोच्च अदालतको परमादेशपछि विपक्षी गठबन्धनलाई नेतृत्व गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त भएका हुन् । देउवा मन्त्रिपरिषद्मा हाल उनीसहित पाँच जना मन्त्री छन् ।

जसमध्ये कांग्रेसका दुई र माओवादीका दुई जना मन्त्री छन् । जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल पक्ष र जनमोर्चालाई अझै सरकारमा समावेश गरिएको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *