काँग्रेसको वडा अधिवेशन स्थगित

 ग्लोबल टिभि      शनिबार, साउन ९, २०७८      0

काठमाडौँ : नेपाली काँग्रेसको वडा अधिवेशन स्थगित भएको छ । साउन १२ गतेका लागि तोकिएको अधिवेशन शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

वडा अधिवेशन स्थगन भएसँगै काँग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । काँग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

तर प्रवक्ता विश्वप्रकाश शर्माले वडा अधिवेशन स्थगित भएपनि भदौ १६ सुरु हुने केन्द्रीय महाधिवेशनबारे कुनै निर्णय नभएको जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *