लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आएकी छन् । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आएकी उनी आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन भएकी थिइन् ।
उनी सम्पर्कविहीन भएपछि जनता समाजवादी पार्टी (जसपा)लुम्बिनी प्रदेश समितिका मुख्य सचिव यज्ञ पोखरेलले इलाका प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएका थिए । सोमबार बिहान ९ बजेतिर पोखरेलले गरेको फोन सांसद ढेंगाले रिसिभ गरेर आफू पार्टीमै रहेको जानकारी गराएकी छन् ।
ढेंगाले आफू निकै तनावमा भएकाले पार्टी नेताहरुको फोन रिसिभ नगरेको जानकारी गराएको पोखरेलले बताए ।
सांसद ढेंगाले घरमै छु भने पनि पार्टीका नेताहरु घर पुग्दा उनी रुपन्देहीको तिलोत्तमा महुबारीस्थित घरमा भने नरहेको नेता पोखरेलले जानकारी दिए ।
पाल्पाबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी ढेंगा विगतमा काठमाडौंमा होटल र वैदेशिक रोजगार व्यवसाय गर्ने गर्दथिन् । पार्टी स्रोतका अनुसार व्यवसाय गर्दाको ऋणका कारण पनि उनी तनावमा छिन् ।
Leave a Reply