प्रचण्डको जवाफमा ओलीले भने – ३ दशक नेतृत्वमा बसेका कमरेडहरु किन लोभ गर्नुहुन्छ

 ग्लोबल टिभि           0

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आगामी मंगलबार बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे सुरु भएको बैठक ३ बजेसम्म चलेको थियो ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले लिखित रुपमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।  प्रधानमन्त्रीको प्रस्तावको अध्ययन गरेर अर्को बैठक यही मंसिर १६ गते बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघिको बैठकमा अर्का अध्यक्ष प्रचण्डले एकल रुपमा प्रतिवेदन पेश गरेका थिए । प्रधानमन्त्रीको प्रतिवेदन प्रचण्डले पेश गरेको प्रतिवेदनको जवाफ भएको बताइएको छ ।

ओलीले प्रतिवेदनमा भनेका छन् – म त महाधिवेशनबाट एकपटक निर्वाचित भएर कार्यकाल पूरा गर्दैछु । यहाँ ३ दशक,डेढ दशक पार्टी नेतृत्व गर्ने कमरेडहरु हुनुहुन्छ। छोरीबुहारी भाइभतिजा ज्वाइँ सम्धीलाई मन्त्री,मेयर राजदूत लगायत बनाएकै छ। अब त देश/जनताको बारे चिन्ता गरौं न,कती आफ्नै लागि विवाद ?

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *