फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? सांसद चौधरी

 ग्लोबल टिभि           0

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारको विरोध गरेकी छन् ।

समिति बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार, बाहिर जानुस् भनेका थिए । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सत्गौवाले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताइन् ।

समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका सांसद सत्गौवाले बताइन् । सांसद सत्गौवाले आगामी दिनमा यस्तो घटना दोहो¥याए थारु समुदायलाई स्वीकार्य नहुने बताइन् ।

समितिको बैठकमा सांसद रानाले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आलोचना गर्दा एमालेकै नेपाल पक्षका सांसद र अरु दलका सांसद उनीमाथि खनिएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *