माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखमा शेरचन सिफारिस

 ग्लोवल टि.भी.      मङ्लबार, साउन १२, २०७८      0

नेकपा (माओवादी केन्द्र) ले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई सिफारिस गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा मंगलबार बसेको स्थायी समिति बैठकले शेरचनलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

सत्तारुढ दलहरुबीचको भागबन्डापछि गण्डकीमा माओवादीले प्रदेश प्रमुखको सिफारिस गरेको हो ।शेरचनलाई गत वैशाख २० गते सोमबार तत्कालीन केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमालेकफसीता पौडेललाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो ।

शेरचन मन्त्रिपरिषद्‌को सिफारिसपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।भागबन्डाअनुसार प्रदेश २ को प्रदेश प्रमुखमा जनता समाजवादी (जसपा), लुम्बिनी प्रदेशमा कांग्रेसलाई परेको छ । ती दुई पार्टीले भने प्रदेश प्रमुख टुंग्याउन बाँकी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *