राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पौडेल नियुक्त

 ग्लोवल टि.भी.      मङ्लबार, साउन १२, २०७८      0

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

युवा अर्थशास्त्री पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसियट प्रोफेसर’ हुन् ।

उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । डा. स्वणिर्म वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए ।

अमेरिकाको यूनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधी उपाधि प्राप्त गरेका उनले पौडलका आर्थिक विषयमा थुप्रै लेख तथा शोधहरु प्रकाशित छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *