बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद बिस्तार बारे छलफल हुने

 ग्लोबल टिभि      बुधबार, साउन १३, २०७८      0

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठक बस्ने तयारी गरेका छन् ।

मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन् ।

जसपाभित्रको आन्तरिक विवाद निर्वाचन आयोगबाट निरूपण गर्दै अध्यक्ष यादव नेतृत्वले आधिकारिकता पाएसँगै गठबन्धन बैठक बस्न लागेको छ ।

गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए । एमालेका २२ जना सांसदले गत साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। तर एमालेका ती सांसद सरकारमा जाने वा नजाने भन्ने यकिन छैन ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *