मन्त्रिपरिषद् तत्कालै विस्तार गर्ने , मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

 ग्लोवल टि.भी.      बुधबार, साउन १३, २०७८      0

बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। बुधबार बिहान झन्डै २ घन्टासम्म बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो।

बैठकमा मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा छलफल भएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा छलफल भएको बताए। ‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो। मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ,’ बैठकपछि महामन्त्री खड्काले भने, ‘मन्त्रिमण्डल कहिले बिस्तार गर्ने भन्ने ठोस निर्णय भएको छैन, छिट्टै गर्ने भन्नेछ।’

साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ।

आजको बैठकमा गठबन्धनका नेताहरूले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए। मन्त्रीहरू नहुँदा सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला सहभागी थिए ।

त्यस्तै माआवादी अध्यक्ष प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने जसापबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई सहभगी सहभागी थिए ।

बैठकमा एमालेको माधव नेपाल समूहका डा. विजय पौडेल सहभागी थिए , भने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *