उखु बिक्री गरेको सबै रकम उद्योगीले अझै नदिएपछि किसानहरु पुन आन्दोलनका लागि राजधानी आएका छन् ।सरकार र उद्योगीले प्रतिवद्धता जनाए अनुसार रकम नदिएपछि एउटै विषय लिएर उनीहरु पाँचौ पटक आन्दोलनका लागि काठमाडौं आएका हुन् ।
उखु किसान संघर्ष समिति सर्लाहीका अनुसार ६ वटा उखु मिलबाट किसानले ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको छ। संघर्ष समितिका सचिव हरेश्याम राय यादवले बक्यौता रकम भुक्तानी नपाएपछि पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।
नयाँ सरकारले बक्यौता उठाइदिन आग्रह गर्ने र त्यसपछि पनि रकम नउठे आन्दोलनका कार्यक्रम घोषणा गर्ने समितिले जनाएको छ ।
सचिव यादवका अनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।
यस्तै सरकारले उखु किसानलाई अनुदान दिएको तर उद्योगले हिसाब मिलान नगरेको साढे ६ करोडसहित अन्य चिनी मिलहरुबाट रकम किसानले पाउन बाँकी रहेको यादवले बताए ।
Leave a Reply