ग्लोबल टिभि
बिहिबार, साउन १४, २०७८
0
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले क्रियाशील सदस्यता विवाद ९६ प्रतिशत हल भएको बताएका छन् । उनका अनुसार समितिले प्राप्त समयमा त्रुटिहरू सच्याएर प्रतिवेदन बुझाएको छ ।
समितिमा परेका उजुरि र निवेदनहरूलाई सर्वसम्म्तीबाट टुंगाएको नेता पौडेलले बताए । समितिले सप्तरी, बारा धनुषा निर्वनचन समिति ४ , सप्तरी क्षेत्र २ , सिन्धुपाल्चोक र रसुवामा समस्या हल नभएको नेता पौडेलले बताए ।
बाँकी विवादलाई केन्द्रीय तहबाट टुंगो लाग्ने नेता पौडेलको बताए । उनको अनुसार १०० वटा वडा अधिवेशन स्थगन भएको छ। यस अघिको १३ औ महाधिवेशनमा पनि ३३ वटा वडा स्थगन भएको थियो। ४ प्रतिशत विवादकै कारण महाधिवेशन नरोकिने समेत उनले बताए ।
Post Views: 1,352
Leave a Reply