काठमाडौँ आइपुगे चिनियाँ रक्षामन्त्री वेई फेंग्हे

 ग्लोवल टि.भी.      आइतवार, मंसिर १४, २०७७      0

काठमाडौं । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हे काठमाडौं आइपुगेका छन् ।

नेपालको एकदिने औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित वेई काठमाडौं आएका हुन् । उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षामन्त्री हुन् ।

एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका वेई विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास जाने कार्यक्रम छ ।त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा गृहमन्त्री रामबहादुर थापाले चिनियाँ रक्षामन्त्रीलाई स्वागत गरेका थिए ।

चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्दै छन् । भ्रमण पुरा गरेर वेई आजै साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

2020-11-29-27352

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *