ग्लोबल टिभि
0
काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको दमनविरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
तुलसीलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आज गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारको दमनविरुद्ध प्रतिवाद र आवश्यक परे प्रतिरोध गर्ने बताएका हुन् । अध्यक्ष ओलीले ठूलो त्याग, बलिदान र संघर्षबाट जनताको अनुकूल लोकतान्त्रिक शासन व्यवस्था आएको भन्दै त्यसलाई तलमाथि हुन नदिने दाबी गरे ।
अध्यक्ष ओलीले माधव नेपाललगायतका नेताले आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर निर्लज्जताको पराकाष्ठा देखाएको आरोप पनि लगाए ।अध्यक्ष ओलीले आफ्नो पार्टी देश र जनताको हितमा केन्द्रित भएर अघि बढिरहेको दाबी गरे ।
Post Views: 1,315
Leave a Reply