‘स्थानीय बासिन्दा विस्थापित नहुने गरी नागढुंगा सुरुङमार्ग निर्माण गर्नू’

 ग्लोवल टि.भी.      आइतवार, साउन १७, २०७८      0

काठमाडौँ : संसदीय समितिले स्थानीय बासिन्दा विस्थापित नहुने गरी नागढुंगा सुरुङमार्ग निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले नागढुंगा सुरुङ मार्ग निर्माणको स्थलगत अवलोकन गरेपछि यस्तो निर्देशन दिएको हो । समितिकी सभापति भट्टले यो आयोजना अन्य देशका लागि नमूनायोग्य हुने विश्वास व्यक्त गरिन् । संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीले आयोजनाको कार्य प्रगतिबारे जानकारी गराए ।

जापान सरकारको शून्य दशमलव ०१ प्रतिशत ब्याजदरको आर्थिक ऋण सहायतामा नागढुंगा सुरुङ मार्ग आयोजनाको काम सुरु भएको करिव १९ महिना पुगेको छ । साढे ५ किलोमिटर लम्बाई रहेकोसुरुङ मार्गको मुख्य काम आगामी जेठभित्र सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको बताइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *