एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

 ग्लोबल टिभि      सोमवार, साउन १८, २०७८      0

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । आज दिउँसो तीन बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्न लागेको हो ।

बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि आइतबारको बैठकमा साउन २७ गतेभित्र पार्टी सदस्यताको नविकरण र अद्यावधिक गरिसक्ने निर्णय गरेको थियो । बैठकपछि महासचिव पोखरेलले असोज ३ गते वडा तहको अधिवेशन गर्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिने निर्णय पनि भएको बताएका थिए । साथै विधान अधिवेशनको सम्बन्धमा थप निर्णय गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बोलाइएको पोखरेलको भनाई थियो ।

आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित नभएपनि पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी भएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *