सत्ता गठबन्धन कार्यदल बैठक बालुवाटारमा बसिरहेको छ । सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता बनाउने गरी कार्यदलको बैठक बालुवाटारमा बसेको हो ।
केपी शर्मा ओलीको सरकारको विकल्पमा देउवा नेतृत्वमा असार २९ गते नै सरकार बने पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन ।
कार्यदलका सदस्य एवम् कांग्रेस नेता डा. मिनेन्द्र रिजालका अनुसार कार्यदलले काम गर्नै नपाएका कारण न्यूनतम साझा कार्यक्रमसहितका कामलाई पूर्णता दिन ढिला भएको हो ।
सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलालई पूर्णता दिनेदेखि सरकारका साझा कार्यक्रम दिन सकेका छैनन् ।
त्यसैले आज न्यूनतम साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलाई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।
प्रधानमन्त्री बनेको २१ दिन भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीको मात्र आलोचना सुरु भएको छैन सत्ता गठबन्धनको समेत आलोचना बढेको छ ।
Leave a Reply