आज प्रतिनिधिसभाको बैठक बस्दै

 ग्लोबल टिभि      मङ्लबार, साउन १९, २०७८      0

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा शून्य र विशेष समयमा दलका सांसदहरुले समसामयीक विषयवस्तुमा आफ्नो धारणा राख्ने छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६–०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

सिंह २०४८ सालको प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दार्चुला क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

पछिल्लो समय नेपाली कांग्रेसमा रहेका उनको यही साउन १५ गते निधन भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *