चिनियाँ रक्षामन्त्रीलाई जंगी अड्डामा स्वागत

 ग्लोबल टिभि      आइतवार, मंसिर १४, २०७७      0

चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेई फेङ्गवेलाई नेपाली सेनाले सम्मान गारद दिएको छ। जंगी अड्डा भद्रकालीमा फेङ्गवेलाई सम्मान गारद प्रदान गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

एकदिने भ्रमणका लागि फेङ्गवे २१ सदस्यीय टोलीको नेतृत्व गरेर आइतबार काठमाडौं आएका हुन्। उनी आजै चीन फर्कनेछन्। प्रधानसेनापति पूर्णचन्द्र थापा र  फेङ्गवेबीच जंगी अड्डामा द्विपक्षीय वार्ता गर्ने हुनेछ।

फेङ्गवेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको विमानस्थलमा जानकारी दिएका थिए।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्‌क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट पारेका थिए।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *