ग्लोबल टिभि
0
दोलखा । नेपाली कांग्रेस गौरीशंकर गाँऊपालिका दोलखाले पालिका स्तरीय अस्पताल इबिथान सुरीमा बनाउने निर्णयप्रति आपत्ति प्रकट गरेको छ ।
कांग्रेस गौरीशंकर गाँऊपालिका सभापति श्यामसुन्दर तामाङले बिज्ञप्ति जारी गरि गाँऊपालिकाको उ्रक्त निर्णयप्रति पार्टीको असहमति रहेको जनाए ।
उनले जारी गरेको बिज्ञप्तिमा इबिथान अपायक ठाँऊ भएको भन्दै नागरिक र सेवाग्राहीलाई पायक पर्ने गरि अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । तामाङले इबिथान सुरी अपायक ठाँऊ हो भन्ने कुरा प्राथमिक सेवा केन्द्र सुरीका सेबाग्राहीबाट पनि प्रष्ट हुने पनि उल्लेख गरेका छन् ।
कांग्रेसले उक्त अस्पताल भोर्लेमा राख्न पनि माग गरेको छ ।
गाँऊपालिकाले पालिका स्तरीय १५ शैयाको अस्पताल इबिथान सुरीमा बनाउने निर्णय गरेको थियो ।
उक्त निर्णय नसच्चाए आन्दोलन गर्ने पनि कांग्रेसले जनाएको छ ।
Post Views: 1,760
Leave a Reply