ग्लोबल टिभि
सोमवार, मंसिर १५, २०७७
0
काठमाडौं । पछिल्लो समय देशका बिभिन्न जिल्लामा राजतन्त्रको पक्षमा नाराबाजी भैरहेको छ ।
यसै क्रममा राजधानीमा पनि राजतन्त्रको पक्षमा प्रर्दशन भएको छ । आज
राजतन्त्र पुनस्र्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका समन्वय समितिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर माइतिघरमा प्रर्दशन भएको हो ।
यसअघि पोखरा, धनगढी, मकवानपुर, बुटबललगायतका क्षेत्रमा राजतन्त्रको पक्षमा प्रदर्शन गरिएको थियो ।
Post Views: 973
Leave a Reply