ग्लोबल टिभि
0
नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ ।
१४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला साउन २५ गते काठमाडौंमा बोलाएको हो ।
यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।
अर्का एक जिल्ला सभापतिले भने भेला गर्ने बारे छलफल भइरहेको तर मिति र स्थान भने टुंगो नलागेको बताए ।
Post Views: 1,866
Leave a Reply