ग्लोबल टिभि
0
रोल्पा । नेकपामा विवाद उत्कर्षमा पुगेको बेला नेकपा नेता एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)ले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । तर, नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए ।
रोल्पा नगरपालिका–३ लाँकुरीमा ३३र११ केभी सबस्टेशनको उदघाटन कार्यक्रमलाई सोमबार बिहान सम्बोधन गर्दै मन्त्री पुनले भने, ‘दुवै अध्यक्षले प्रक्रियागत रुपमा निर्णय गर्नुस्, प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि छाड्छौं भन्नुस्, हामी युवाहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै चलाउन तयार छौं । र उहाँहरुलाई अभिभावकको रुपमा सम्मानित स्थान दिएर राख्छौं ।’
पार्टीमा विवाद बढिरहँदा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अब तीन दशकसम्म नेतृत्व गरिरहेका हरुले लोभ गर्न नहुने र युवालाई नेतृत्व सुम्पनुपर्ने बताएका थिए ।
Post Views: 1,112
Leave a Reply