ग्लोबल टिभि
0
काठमाण्डौं । नेपाली राजनीतिमा निष्ठा र आर्दशको पर्याय कांग्रेस नेता स्वर्गिय भीमबहादुर तामाङको आठौं स्मृति दिवसमा बिभिन्न कार्यक्रम गरि उनको योगदानको स्मरण गरिएको छ ।
यसै सन्दर्भमा भीम बहादुर तामाङ स्मृति प्रतिष्ठानले आज बिहान बौद्धमा दिप प्रज्वलन तथा फलफूल बितरण कार्यक्रम आयोजना गर्यो ।
उक्त कार्यक्रममा बागमती प्रदेशका कांग्रेस सांसद छिरिङ लामाले दिप प्रज्वलन गरेका थिए ।
उक्त कार्यक्रममा कांग्रेस युवा नेता कार्यकर्ता, समाजसेवी एवं स्थानीयको उपस्थिति थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष बर्मा लामाको सभापतित्वमा भएको थियो ।
दोलखाका नेता तामाङ पूर्व कानुन मन्त्री पनि हुन् । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय खर्चिएका तामाङको २०६९ सालमा ७८ बर्षको उमेरमा काठमाण्डौंमा निधन भएको थियो ।
Post Views: 1,811
Leave a Reply