लुम्बिनी प्रदेशसभा: विशेष अधिवेशन रोक्ने रिट दर्ता गर्न सर्वोच्चले गर्‍यो अस्वीकार

 ग्लोवल टि.भी.      आइतवार, साउन २४, २०७८      0

साउन २७ गतेका लागि बोलाएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै दायर रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।

मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्ताव छलफलका लागि बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै अधिवक्ता प्रवेश केसीले दिएको रिट सर्वोच्चले दरपीठ गरेको हो।

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विषेश अधिवेशन बोलाएका थिए।नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन बोलाउन समावेदन गरेका थिए।

सर्वोच्चले रिट दरपीठ गरिदिएपछि अब साउन २७ गते प्रदेश सभाको विशेष अधिवेशन बस्ने बाटो खुलेको छ। प्रदेश सभामा हाल कायम ८० सांसदमध्ये मुख्यमन्त्री पोखरेलको दल नेकपा एमालेसँग ३८ सांसद छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *