महाधिवेशन नगरी निर्वाचन आयोगलाई गुहार्नु दुर्भाग्य : कांग्रेस वरिष्ठ नेता पौडेल

 ग्लोबल टिभि      सोमवार, साउन २५, २०७८      0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन नगरी निर्वाचन आयोगलाई गुहार्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

पार्टीको १४ महाधिवेशन अनिश्चित बनेको प्रति चिन्ता गर्दै नेता पौडेलले पार्टी विधान, संविधान र असामान्य परिस्थितिको बाहना सकिएको बताए।

महाधिवेशन बारे सामाजिक सन्जालमा विचार व्यक्त गर्दै पौडेलले अब कुनै पनि बाहनामा महाधिवेशन रोक्नु नहुने बताएका छन् । वरिष्ठ नेताले पौडेलले भने, ‘पार्टी विधानमा चार वर्षको कार्यकाल तोकिएको छ । असाधारण परिस्थिति भनेर एक वर्ष थपियो,देशको संविधानलाई समातेर छ महिना बढाइयो । आज आएर त्यस भित्र पनि महाधिवेशन नगर्ने छाँट देखिएको छ।  नेतृत्वले नेपाली कांग्रेसलाई निर्वाचन आयोगसंग भिख माग्ने निरीह अवस्थामा पुर्याइदिएको छ, उनले भने ।

नेता पौडेलले महाधिवेशन नगरी आयोगसंग याचना गर्नु वर्तमान नेतृत्वको चरम असफलता र लापर्वाही अरु के हुन्छ ? भनेर प्रश्न गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *