कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला ठमेलको यात्री होटेलमा जारी

 ग्लोबल टिभि           0

नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला काठमाडौंमा जारी छ । ठमेलस्थित यात्री होटेलमा जारी भेलामा विभिन्न जिल्ला सभापतिहरु सहभागी भएका छन् ।

नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार ३५ जना भौतिक उपस्थितिमा र १२ जना भर्चुअल रुपमा सहभागी भएका छन् । भेलामा जिल्ला सभापतिहरुले भनाइ राख्ने क्रम जारी छ ।

कांग्रेसको १४औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर छलफलमा जुटेका हुन् ।

छलफल आज र भोलि दुई दिनसम्म चल्ने छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *